हराएका बालक फेसबुकबाट फेला

Facebook1

नवलपरासी । विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् ।

गत साउन ३ गते घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिनुभयो ।

बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङख्यामा मात्र फेला परेका छन् ।

प्रतिकृया दिनुहोस