अवरुद्ध पासाङल्हामु राजमार्ग खुलाउन आग्रह

Landslide2

काठमाडौं । पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासङ्घलेआग्रह गरेको छ ।

‘नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन्,’ महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीले बैँक तथा वित्तीय क्षेत्रबाट चर्को व्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा हजारौँ व्यवसायी ठूलो मर्कामा परेका र कच्चा पदार्थ रोकिँदा उद्योगलाई समेत समस्या परेको जनाइएको छ ।

नेपालको आर्थिक समृद्धिको मुख्य आधारशिलाका रूपमा रहेको एक मात्र रसुवागढी नाका बन्द हुँदा हजारौँ व्यवसायी, उद्योगी, मजदुर, यातायात व्यवसायीलाई समेत असर परेको उल्लेख छ ।

रसुवाको राजमार्ग साउन ११ गते परेको भारी वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको थियो ।

प्रतिकृया दिनुहोस