पत्रकारमाथि कुटपिट गरिएको घटनाप्रति महासंघको आपत्ति

Fnj logo 810

काठमाडौ । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले समाचार संकलनका क्रममा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको भन्दै भर्त्सना गरेको छ ।

महासंघका अध्यक्ष विष्णु अवस्थीले बिहीबार विज्ञप्ति प्रकासित गरी निर्मला पन्त हत्याकाण्डको समाचार संकलनका क्रममा परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको जनाएका छन् ।

प्रहरीले महासंघका कञ्चनपुर शाखा सदस्य एवं कञ्चनपुरका स्टेशन म्यानेजर कुनदनराज पाण्डे, नेपाल टेलिभिजनका सम्वाददाता पदम बोहरा र पवनदुत यातायातका प्रेस सल्लाहकार महेशराज जोशीलाई कुटपिट गरेको थियो ।

महासंघले निर्वाधरुपमा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको समेत धज्जी उड्ने गरी प्रहरीले गरेको ज्यादतीको छानविन गर्न र दोषिलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस