चाडबाडलाई लक्षित गरी अनुगमन तिब्र पारिने

Anugam

काठमाडौं । सरकारले चाडपर्व नजिकिएसँगै बजार अनुगमन कार्यलाई तीव्रता दिने भएको छ । केही दिन अघि कालिमाटी तरकारी बजारमा व्यवसायीको प्रतिकार पछि अनुगमनलाई आक्रामक रुपमा अघि बढाउने सरकारले ठहर गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अनुगमन कार्यलाई तीव्रता दिने प्रतिवद्धता जनाएका छ । पत्रकार सम्मेलनमा मन्त्री मातृका यादवले अनुगमन गर्ने निकायलाई पर्याप्त अधिकार नहुँदा अनुगमनमा समस्या आउने गरेको सुनाए ।

उनले अनुगमनलाई प्रभावकारी बनाउन कृषि मन्त्रालयसँग पनि समन्वय गरिने जानकारी दिए । खाद्य उद्योगहरु कृषि मन्त्रलयसँग सम्बिन्धित भएकोले सो मन्त्रालयसँग समन्वय गरिने बताएका हुन् ।

उनले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्र बनाउने र दोषिलाई जसरी पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए । केही दिन अघि वाणिज्य विभागले कालिमाटी तरकारी बजारको अनुगमन गर्दा भएको अवरोधमा पनि सरकार चनाखो रहेको उनले बताए ।

सरकारलाई समेत तर्साउने तथा अनियमिता गर्ने व्यवसायीलाई नछोड्ने उनको भनाई छ ।
त्यस्तै केही दिन अघि अनुगमन भएको निम्बस समुहद्धारा सञ्चालित प्रोबायोटिक इन्डष्ट्रिजको तेलहन उत्पादन अखाद्य रहेको मन्त्री यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस