प्रकाण्डमाथि प्रहरीको मुद्दैमुद्दा, अब भोजपुर लगिने

Prakanda khadga bahadur bk

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।

बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रकाण्ड दोस्रो पटक सर्वोच्च परिसरबाटै पक्राउ परेका हुन् । यसअघिसमेत प्रकाण्ड भदौ १ गते सर्वोच्च परिसरबाटै पक्राउ परेका थिए ।

भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाण्डलाई अब भोजपुर लगिनेछ ।

यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृह मन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजालासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

सो आदेश लगत्तै काठमाडौं प्रहरीले प्रकाण्डलाई काभ्रेमा एनसेल टावर आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस