पहिलो नम्बरमा सिफारिस जोशीको नाम अस्वीकृत हुँदा मिश्रलाई फाइदा

Om prakash mishra

काठमाडौं । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

यसअघि परिषद्ले सिफारिस गरेका वरिष्ठ न्यायाधीश दीपक जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको बहुमतले अस्वीकार गरेको थियो । जोशी अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीशका लागि मिश्रको बाटो खुलेको हो ।

 

 

प्रतिकृया दिनुहोस