प्रदर्शनकारीले लगाए नगरपालिका कार्यालयमा आगो

Kanchanpur aagolai pradarsan

कञ्चनपुर । बालिकालाई बलात्कार गरी हत्या गरिएको विरोधमा गरिएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले नगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले भीमदत्त नगरपालिकामा रहेको पुरानो भवनमा रहेको स्टोरमा आगो लगाएका छन् ।

प्रदर्शनकारीले सो स्टोरमा आजगनी गरिएपछि अहिले सो स्थानमा नेपाली सेना पुगेको छ । सेना पुगेपछि थप क्षति हुन नपाएको प्रहरीले बताएको छ । सो भवनमा नगरपालिकाले पुराना ढढ्डाहरु राख्दै आएको थियो ।

यता, कफ्र्यु जारी गरिएपछि बजारमा नेपाली सेनाले गस्ती बढाएको छ ।

प्रतिकृया दिनुहोस