फेरिए कञ्चनपुरका सिडिओ र एसपी, छानविन समिति गठन

Nirmala panta kanchanpur

काठमाडौं । बालिकाको बलात्कारपछि हत्या गरिएको विषयमा कञ्चनपुर तनावग्रस्त बनेपछि सरकारले प्रमुख जिल्ला अधिकारी र एसपीलाई हटाएको छ ।

मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएर तारानाथ अधिकारीलाई पठाएको छ ।

मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी गरेको छ ।

वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा विहीबार बिहानैदेखि प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ ।

छानविन समिति गठन
गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । भीमदत्त नगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला पन्त साउन १० गते बलात्कार पछि हत्या भएको हो । ११ गते उनको शव भीनपा – १९ को एक उखुबारीमा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस