मध्य तराईमा अत्यधिक गर्मी, तापक्रम ४० डिग्री पुग्यो !

Oho ghaamm

वीरगञ्ज । मध्य तराईमा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित छ । पर्सा, बारा र रौतहटमा एक सता देखि दिनभर चर्को घाम लागिरहेको छ ।

बिहीबारको तापक्रम दुई महिना यताकै उच्च रहेको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहेको अटोमेटिक वेदर स्टेशनका अभ्जर्भर कामेश्वर राउत कम्कडले बताए ।

‘एक सातादेखि गर्मी निकै बढेको महसुस भएको छ । मौसममा सुधार आउन सकेको छैन’ उनले भने ‘पानी नपरेकोले पनि होला बैशाख जेठको जस्तै गर्मी छ, बिहीबार अधिकतम तापक्रम ४०.५ डिग्री पुग्यो, न्युनतम पनि २७ छ ।’

अटोमेटिक वेदर स्टेशनले वीरगञ्जको सबैभन्दा बढी तापक्रम ४२ डिग्रीसम्म मापन गरेको उनको भनाइ छ । वेदर स्टेशनको रेकर्डअनुसार एक सातामा तीन दिनमात्रै पानी परेको छ ।

वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजारमा सर्वसाधरणको चहलपहल पातलिएको छ भने अस्पतालमा गर्मीका बिरामीहरुको संख्या बढेको छ ।

प्रतिकृया दिनुहोस