अब एकल पुरुष पनि भत्ता पाउने

Vatta

बैतडी । सामाजिक सुरक्षा भत्ताअन्तर्गत बैतडीको मेलौली नगरपालिकाले ६० वर्ष नाघेका एकल पुरुषलाई भत्ता दिने भएका छन् ।

सो नगरपालिकाले असहाय एकल पुरुषहरुलाई जनजीवन कष्टकर नहोस् भन्दै मासिक एक हजारका दरले भत्ता बाड्ने निर्णय गरेको हो ।

मेलौनी नगरपालिका उपमेयर राधा ओझाले नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको बताइन् ।

यस योजनाका लागि नगरपालिकाले १५ लाखको बजेट छुट्याएको छ । सामाजिक सुरक्षा भत्ता वितरणकै क्रममा एकल पुरुषहरु तोकेर नै दिइने भएको छ । अहिले नगरका ९ वटै वडाका एकल पुरुषहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ ।

यससँगै एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ ।

प्रतिकृया दिनुहोस