उपत्यकामै अवैध गुटखा फ्याक्ट्री फेला, दुई सञ्चालकलाई पक्राउ

Pagal haru

काठमाडौं । काठमाडौंमा अवैध गुटखा फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरी दुई सञ्चालकलाई पक्राउ गरेको छ ।

लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहेपनि, भित्र भने बजारमा चलेका प्रायः सबै ब्राण्डका गुट्खा उत्पादन हुने गरेको पाइएको हो ।

भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको हो ।

यसबारे जानकारी दिन अहिले केहीबेरमा लोलाङ हाइटमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

फ्याक्ट्रीबाट अन्दाजी ३० लाख मूल्य बराबरको बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ, र्यापर, गुटखा बनाउने मेसिन लगायतका सामान बरामद भएको छ ।

प्रतिकृया दिनुहोस