महेन्द्रनगर तनावग्रस्त : प्रदर्शनले हिंसात्मक रुप लिएपछि लाग्यो कर्फ्यू

Karfuu

कञ्चनपुर । चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको होे । यो झडपका क्रममा प्रहरीको गोली लागेर ८ देखि १० प्रदर्शनकारी घाइते भएका थिए ।

प्रहरीतर्फ अश्रुग्यासका सेल सकिएपछि अवस्थालाई नियन्त्रण बाहिर जान नदिन गोली चलाउनुपरेको प्रहरी अधिकृतहरुको भनाइ छ ।

गोलीबाट प्रदर्शनकारी घाइते भएपछि अझै अवस्था भड्किने सम्भावना देखेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।

प्रतिकृया दिनुहोस