कञ्चनपुर घटनाबारे सरकार गम्भीर : गृहमन्त्री थापा

Badal

काठमाडौं । कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको गृहमन्त्री रामबहादुर थापाले बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन् ।

बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने सरकारको तयारी रहेको बताएका हुन् । बिहीबारै त्यसबारे निर्णय सार्वजनिक हुने थापाको भनाइरहेको थियो ।

ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्न समेत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस