धान खेतमा एक पुरुषको शव फेला

Dhan khet ma yek sab

पर्सा । पर्सामा पर्सागढी नगरपालिका वडा नं ३ विरुवागुठी बस्ने ३० वर्षीय राजकुमार माझी मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाका अनुसार स्थानीय बालेश्वर यादवको धान लगाएको खेतमा माझीको शव भेटिएको हो ।

शरीरमा घाउ चोटपटक केही छैन, घटनाबारे अनुसन्धान भइरहेको छ । उनले भने, ‘मृत्यु खासै शंकास्पद छैन ।’

माझी नियमित मादक पदार्थ सेवन गर्ने गर्थे । राति अत्याधिक मदिरा सेवन गरेर आलीको बाटो हिँड्दा लडेर उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ ।

घटना स्थलमा पुगेका प्रहरी निरीक्षक ज्ञान कुमार महतोले पनि घटना शंकास्पद नरहेको बताए । ‘धान खेतमा शव थियो । खेतमा धान माडिएको पनि देखिएन । मृतकको शरीरमा घाउँ चोटपटक केहि छैन,’उनले भने, ‘शव घोप्टो परेको अवस्थामा थियो, मादक पदार्थ सेवन गरेर चिप्लो आलीको बाटो हिँड्दा पानी जमेको धान खेतमा लडेर मृत्यु भएको हुन सक्छ ।

प्रहरीले मृत्युको यकिन कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै आउने जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस