मनकामना मन्दिर बनाउन फेरि किनियो ३ केजी सुन

Manakaman mandir

गोरखा । गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि १५ किलो सुन खर्च भएको छ । अझै मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेर ३ किलो सुन खरिद गरिएको छ । मन्दिरका लागि अहिले सम्म १५ किलो सुन खर्च भइसकेको छ ।

तीन किलो सुन नपुगेर काम रोकिएको थियो, भने अहिले सुन ल्याइसक्यौं, काम भइरहेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । जीर्णोद्धारका लागि पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको छ । भक्तजनबाट संकलित रकमबाट थप आठ किलो सुन खरिद गरेर छाना बनाउने काम भइरहेको थियो ।

त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको श्रेष्ठले बताए ।मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय भएको थियो । मन्दिर जीर्णोद्धारको काम लगभग ९८ प्रतिशत सकिएको छ । एक हप्तामा सुनको जलप लगाउने काम पनि सकिने श्रेष्ठले बताए । अब आँगनमा ढुङ्गा छाप्ने र छेउछाउमा पर्खाल लगाउने काम मात्रै बाँकी रहेको छ ।

मन्दिरको पश्चिम भागमा रिटेनिङ वाल’ लगाउन पुरातत्व विभागले बजेट स्टिमेट तयार हुदैछ । भक्तजनलाई दशैसम्ममा मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी काम भइरहेको श्रेष्ठले बताए । रकम बाँकी रहे मन्दिरको पूर्वपट्टी भागमा धर्मशाला बनाउने योजना समितिको रहेको छ । 

प्रतिकृया दिनुहोस