अपडेट : कञ्चनपुरमा चल्यो गोली ! १० जना घाइते, दुईको अवस्था गम्भीर

N 525x300

कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले भने गोली नचलाएको दाबी गरेका छन् ।

महाकाली अञ्चल अस्पतालले गोली लागेका व्यक्ति उपचारका लागि आएको पुष्टि गरेको छ । गोली लाग्नेमा १८ वर्षिय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे र सन्तोष कठरिया रहेका छन् ।

प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई जबर्जस्ती अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानीय बासिन्दाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउन खोजेको आरोमा आन्दोलन गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस