सुनको मूल्य बढ्यो, चाँदीको घट्यो !

Gold

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस