सवारी दुर्घटनामा स्कुटी चालकको मृत्यु

Accident truck and scuter

रुपन्देही । मणिग्राममा ट्रकको ठक्करबाट एक स्कुटी चालकको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवल आउँदै गरेको लु७ प८७७७ नं.को स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना५ ख७०७७ नं.को ट्रकले बुधबार बेलुका मणिग्राममा ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बुटवल ४ का ३० वर्षीय राम बिकको मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस