आज ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराइदैं

Prakand

काठमाडौं । अदालतले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नारायणप्रसाद पन्थीले जानकारी दिए ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आज विश्वकर्मा अदालतमा उपस्थित हुने भएको हो ।

विश्वकर्मालाई व्यापारीसँग सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो । विश्वकर्मा प्रहरी हिरासतमा छ ।

प्रतिकृया दिनुहोस