खोलामा डुबेर बालकको मृत्यु

Duber death

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित चितौरा खोलामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ । कल्भर्ट नजिकै खेल्ने क्रममा पानीमा खस्दा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दए ।

पानीमा खसेपछि स्थानीय बासिन्दाले उद्धार गेरर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्य भएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

प्रतिकृया दिनुहोस