कालिमाटी बजारको बेथिति अन्त्य गर्ने यस्तो तयारी

Tarkari bajar

काठमाडौ ।कालिमाटी बजारमा देखिएको कार्टेलिङ तथा बेथिति नियन्त्रण गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित उक्त समितिका सदस्यहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी, गृह मन्त्रालयका सहसचिव, वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचन, नेपाल प्रहरी र कालिमाटी फलफुल तथा तरकारी विकास समितिका निर्देशक तेजेन्द्र प्रसाद पौडेल छन् ।

किसान र आम उपभोक्तालाई ठग्ने तरकारी व्यापारी र बिचौलियाको अन्त्य गर्ने किसिमको योजनाहरु निर्माण गर्न कार्यदल बनेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी गराए ।

कालिमाटी आएका तरकारीलाई व्यवस्थित गराउने तथा बजारमा पुग्दासम्म रहेको विचौलिया हटाउने उनको भनाई छ । त्यसको लागि अनधिकृत स्टल होल्ड गरी हस्तान्तरण भए नभएको, अस्वाभाविक मूल्य, विषादी नियन्त्रण, व्यवसाय दर्ता र बिलबीजक लिएपछि मात्रै व्यवसायीले कारोबार गर्नुपर्ने विषयबारे कार्यदलले अध्ययन गर्ने छ ।

यसैबीच कालिमाटी तरकारी बजार अनुगमन तथा व्यापारी पक्राउका विरुद्ध मंगलबार बजार बन्द गरेका व्यवसायीले बुधबार भने बजार सञ्चालन गरे ।

प्रतिकृया दिनुहोस