कांग्रेस नेता श्रेष्ठको निधन

Sukra shrestha

धनकुटा । नेपाली कांग्रेस धनकुटाका सक्रिय सदस्य शुक्रबहादुर श्रेष्ठको निधन भएको छ । उनको गएराति धरानस्थित वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

विसं. १९९६ सालमा धनकुटा –५ मा जन्मिएका श्रेष्ठ लामो समयदेखि श्वास प्रश्वास रोगबाट ग्रस्त थिए । आजै उनको पार्थिव शरीरमा मुलघाटमा दाह संस्कार गरिएको छ ।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञानबहादुर गुरुङ, धनकुटा नगरसभापति रोशन श्रेष्ठ, पाख्रिवास नगर सभापति कोपिन मानन्धर र वडा नं. ५ का वडा अध्यक्ष धनकुमार राई लगायतले कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

धनकुटाका पाख्रिवास नगरपालिका वडा नं. ४ मा रहेर समाज सेवामा सक्रिय रहेका श्रेष्ठका एक श्रीमती ४ छोरा र १ छोरी छन् ।

प्रतिकृया दिनुहोस