गोदावरी घुम्न आएकी किशोरीमाथि आफ्नै साथीले गरे बलात्कारको प्रयास

5ddef91e

ललितपुर । केटा साथीसँग गोदावरीमा घुम्न आएकी १८ वर्षीय किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।

काठमाडौंको गोंगबुबाट चिनेका केटा साथीले मोटरसाइकलमा घुम्न जाउँ भनेपछि गोदावरी पुगेकी किशोरीले केटा साथीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रहरीले उजुरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको बताएको छ ।

गोदावरी घुम्न आएकी युवतीले केटा साथीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए ।

‘युवतीका तर्फबाट उजुरी प्राप्त भए पछि अनुसन्धान अगाडि बढाएका छौं, ‘युवतीले भनेअनुसार बलात्कार प्रयास गर्ने युवकको खोजी भइरहेको छ ।’ एसएसपी धानुकले भने ।

प्रतिकृया दिनुहोस