बौलाहा स्यालले आतंक मच्चायो, एकैदिन तीन जना घाइते

Fox syal gkh3hdf3np

बैतडी । पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालको टोकाइबाट तीनजना घाइते भएको छ ।

नगरपालिकाको वडा नम्बर ६ लोर्खामा बौलाहा स्यालको टोकाइबाट दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी घाइते भएको छ । घरमै बसिरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह बिष्टले बताएको छ ।

स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीय नागरिक त्रसित बनेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिजविरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।

प्रतिकृया दिनुहोस