भन्सार छलि भित्र्याएका अवैध सामान बरामद

Police taskar e

पर्सा । छिपहरमाई गाउँपालिका-५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएका कपडा र भाँडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भित्र्याइएकोे कपडा तथा भाँडावर्तन भिस्वा बजारको एक पसलमा भण्डार गरी राखेका करीब दश लाख मूल्य बराबरको कपडा र भाँडा सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बरामद गरेको प्रनाउ तिलक खड्काले जानकारी दिए ।


उनले छापामार्ने क्रममा बरामद गरिएको कपडा तथा भाँडाको कागजात पसलधनी अन्सारीसँग माग्न आवश्यक कागजात उपलब्ध नगराउनुको साथै प्रत्यक्ष सम्पर्कमासमेत नभएपछि बरामद सामग्रीलाई नियन्त्रणमा लिइएको बताए ।

बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस