हिन्दू धर्मबारे जनमत संग्रह गरौं : डा. शशांक

Shashank koirala e1512963766515

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दू राज्य मान्ने कि नमान्ने भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने बुधबार नेपाल प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बताएका छन् ।

महामन्त्री कोइरालाले देशमा ८० प्रतिशत हिन्दूको रक्षाका लागि जनमतसंग्रह नै अन्तिम र उत्तम विकल्प भएको दाबी गरे । जनमतसंग्रहबाट यसबारे निर्णय लिए सबैलाई मान्य हुने उनको भनाइ थियो ।

‘देशमा ८० प्रतिशत हिन्दू छन् । क्रिश्चियनले धर्म परिवर्तन गराइरहेका छन् । अब धर्मका लागि जनमतसंग्रह गर्नुपर्छ,’ उनले भने ।

नेता कोइरालाले धर्मका विषयमा हुने जनमतसंग्रहलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । धर्मका कारण संसारमा ठूला–ठूला हिंसा भएको स्मरण गराउँदै उनले यसबारे गम्भीर हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस