मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ

Bike chor

काठमाडौ । उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

काठमाडौंको मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका-३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका-७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो ।

सितापाइलामा बस्ने धादिङ गजुरी घर भएका दिपक भण्डारीको डेरा घर अगाडी पार्किङ गरी राखेको बा३६ प८५३२ नं.को मोटरसाइकल गएराति चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस