आज प्रधानमन्त्री गृहजिल्ला झापामा

Oli at jhapa

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा आएको छ ।

उनी प्रधानमन्त्री बनेपछि दोस्रोपटक यहाँ आएको हो । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछ । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस