प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

Polish arest

लहान । प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो ।

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ ।

खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका निरञ्जन कार्की र नारायण चौधरीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस