पण्डित राख्न नपाउँदा मस्जिदमा झडप : २ राउण्ड हवाई फायर, १० जना घाइते

Hawai fire

महोत्तरी । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप भएको छ । झपड नियन्त्रण लिन प्रहरीले हवाई फायरसमेत गरेको छ ।

परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि भीड तितरवितर भए पनि विवाद भने मिलिसकेको छैन ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा १० जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस