सीता दाहालसँग के छ भारतको रिसिइबी ? प्रचण्डले गरे यस्तो खुलासा

Sita modi 18

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको द्धन्द्धकालीन समयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सीता दाहाल कयौं पटक भारत गइन् ।

त्यति मात्रै होइन, प्रचण्ड प्रधानमन्त्री बनेको बेला पनि सँगै भारत भ्रमणमा गइन् । यति मात्रै फरक थियो कि द्धन्द्धकालीन समयमा लुकिछिपी भारत गएकी थिएन् । प्रचण्ड प्रधानमन्त्री बनेपछि उनको भारत यात्रा भ्रमणमा परिणत भयो ।

सीता दाहाल पछिल्लो पटक उपचारका लागि पनि धेरै पटक भारत गइन् । तर, उनलाई भारतीय अस्पतालले त्यसरी झुक्याएर औषधी दिइरहेको कुरा न प्रचण्डलाई थाहा थियो, न सीतालाई नै ।

तर, जब उनी उपचारकै लागि सिंगापुर गइन्, त्यसबेला मात्रै भारतीय अस्पतालले गलत औषधी दिइरहेको थाहा भयो । त्यसरी औषधी नै गलत दिइरहेको थाहा पाएपछि प्रचण्ड निक्कै झस्किएका छन् ।

छोरा प्रकाश दाहालको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छन् । सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित छन् । उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ । त्यही क्रममा उनी उनी उपचारका लागि सिंगापुर गएकी थिइन् ।

भारतमा कहा हुन्थ्यो उपचार
काखका छोराछोरी गुमाउनुपर्दा सीता मानसिक रुपमा पनि त्यसलाई सहन सक्ने अवस्थामा छैनन् ।

त्यसयता उनी निक्कै नै गलेको उनको अनुहारबाट देखिन्छ । उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ । भारतमा उनको मेदान्त हस्पिटलमा गराइएको थियो ।

जहाँ नेपाली नेताहरु नेपालबाट उपचार गर्न जाँदा मेदान्त मै जचाउँछन् । त्यही हस्पिटलमा उपचार गर्दागर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पनि २०७२ बैशाख २ गते मृत्यु भएको थियो ।

प्रचण्डले नै गरे यस्तो खुलासा
प्रचण्डले नै सीता दाहालको उपचार भारतीय अस्पतालले गलत ढंगले गरेको संकेत गरेका छन् । आइतबार साँझ काठमाडौँ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरुसँग प्रचण्डले भारतमा राम्रो ढंगले उपचार नभएको संकेत गरे ।

‘नयाँदिल्लीमा सीताको जे रोग हो भनिएको थियो र जुन औषधि चलाइएको थियो, त्यो होइन रहेछ’ प्रचण्डले भने, सिंगापुरको अस्पतालले त्यो रोग होइन भन्यो औषधि पनि सिंगापुरको अस्पतालले फरक खालको चलायो ।’

प्रतिकृया दिनुहोस