पर्खालले पुरिएर सुत्केरीसहित ३ को मृत्यु

Pahiro rolpa

रोल्पा । लगातारको वर्षाले पर्खाल भत्किँदा रोल्पामा सुत्केरीसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका(५ स्थित सैबाङ गाउँका युवा राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरो घरमाथिबाट आएपछि कच्ची घर पुरिएको थियो । 

लगातार परेको भारी वर्षाले घर माथिको पर्खाल भत्किँदा रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको मृत्यु भएको छ । उनी १८ दिनकी सुत्केरी हुन् । उनी पर्खाल भत्किँदा आगो तापिरहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार सुत्केरीसहित उनकी १८ दिनकी छोरी आयुसा र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको हो ।

सोमबार बिहान साढे १० बजेतिर घर माथिको पर्खाल भत्किएर घर पुरिएको थियो । पर्खालले घर पुरिदा १८ दिनको शिशु र चित्राको घटना स्थलमै मृत्यु भएको थियो भने कमलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको बेला मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस