विवेकशीलले थाल्यो ‘समता संवाद श्रृंखला’

Bibekshil sambad shrinkhala 1

काठमाडौं । विवेकशील साझा पार्टीले सुरु गरेको ‘समता संवाद श्रंखला’ मा ‘फ्रिडम फ्रम फियर’ अवार्डबाट सम्मानित उर्मिला चौधरीलाई मुख्य बक्ता बनाएको छ ।

आइतबार सुरु सो श्रंखलाको आरम्भमा ‘फ्रिडम फ्रम फियर’ अवार्डबाट सम्मानित चौधरीलाई मुख्य बक्ता बनाएको हो ।

मानव अधिकार, सामाजिक न्याय, समावेशिता तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरक्रियात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ को पहिलो श्रंखलामा चौधरीलाई मुख्य बक्ता बनाएको हो ।

समता संवादमा मुख्य बक्ता बनाइएकी चौधरीले ६ वर्षको उमेरमै कमलरी बस्नु पर्दाको पीडा, आफ्नो जीवनकालमा भोग्नुपरेको हिंसा, दमन, विभेद हुँदै दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनूभव, भोगाई, सिकाई तथा प्रेरणादायी बिचारहरू व्यक्त गरिन् ।

सो श्रृंखलाको उद्घाटन कार्यक्रममा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समानता विनाको संबृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशिता पार्टीको मुटु भएको बताए ।

सो श्रृंखलाको सुभारम्भ कार्यक्रममा अर्का संयोजक उज्वल थापा, केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना, समता अभियानकर्ता प्रतिक क्षेत्री र नेहा मल्ल लगायतले समता संवाद श्रृंखलाबारे आ–आफ्नो धारणा राखेका थिए ।

पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरक्रियात्मक शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुबारे अन्तरक्रियात्मक बहस गरिने विभागको प्रमुखसमेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए ।

अन्तरक्रियात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ को अर्को प्रस्तुती साउन दोस्रो साता हुनेछ ।

 

प्रतिकृया दिनुहोस