राजमो दाङले बुझायो गाउँपालिकामा ज्ञापनपत्र

Ra ja mo dang

दाङ । राष्ट्रिय जनमोर्चा दाङले संघीयताको खारेजीको माग गर्दै बङ्गलाचुली गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा टोपाराम भट्टराई, तिलकराम घर्ती, भी बहादुर अघिकारीसहित गएको टोलीले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नुपर्ने र यसैको नाममा जनताको ढाँड सेक्नेगरी गरिएको राजस्व वृद्धिको बिरोध पनि गरिएको छ ।

भ्रष्टाचार, सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिलासुस्ती, अनियमितता, महंगी, विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती, प्राकृतिक श्रोत साधन माथिको दोहन, कालोबजारी र मूल्यवृद्धि रोक्न माग गरिएको छ ।

सो ज्ञापन पत्रमा राहत र अनुदानमा भएको अनियमितता, सरकारी कार्यालयमा हुने बिचौलिया, न्याय सम्पादनमा भएको अनियमितता रोक्न माग गरिउको छ । कृषि सामाग्रीमा सुलभता, राहात र अनुदानमा पारदर्शीता बनाउन र बीउ, मल, दाना , औषधि, कृषि सामाग्रीमा सहुलीयत प्रदान गर्न माग गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार बिरोधी अभियानलाई पनि तीव्रता दिउको छ । यस अभियानअन्तर्गत गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयमा ‘कतै तपाई भ्रष्टाचार गरिरहनु भएको त छैन ?’ भन्ने होडिङ बोड र पोस्टरहरु समेत टाँगेको छ ।

प्रतिकृया दिनुहोस