रोकिएन सुन तस्करी, आइतबार ६ किलो सुन बरामद

Gold pure.jpeg

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणले बजार तातिरहेका बेला सुन तस्करी रोकिनुको सट्टा दैनिक जस्तो बढेको छ ।

पछिल्लो समय तस्करहरु नयाँ रुटबाट तस्करी गर्न सक्रिय भएको पाइएको छ । प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन कुमार थापाका अनुसार विशेष सूचनाको आधारमा आइतबार नागढुंगामा चेकजाँचका क्रममा ६ किलो सुन बरामद गरेको हो । पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन् ।

यसअघि शनिबार मात्रै प्रहरीले नागढुंगाबाटै कारको एयर फिल्टर बक्समा लुकाएर लैजान लागिएको ३ किलो सुनसहित २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाको वयानका आधारमा थप ३ जनालाई नियन्त्रणमा लिई प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएका व्यक्तिमाथिको अनुसन्धानबाट उनीहरु सुन लिन भारतबाट काठमाडौं आएको र सुन लिएर फर्किने क्रममा नागढुंगामा पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस