सप्तकोशीमा रातो झण्डा गाडिने सम्भावना, बढ्यो पानीको बहाव

Saptakoshi nadi

काठमाडौं । पूर्वी नेपालमा भीषण वर्षा भइरहेको छ । पूर्वी नेपालमा भारी वर्षा हुन थालेपछि सप्तकोशी नदीमा पानीको वहाव पनि बढेको छ । लगातार वर्षा भइरहेका कारण सर्तक रहन भनिएको छ ।

सप्तकोशी र हायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले सतर्क रहन जल तथा मौसम पूर्वानुमान विभागले आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान विभागको सुनसरीको चतरास्थित बर्षा मापन केन्द्रले २४ घण्टामा १४६ मिलिमिटर बर्षा भएको जनाउको छ । पछिल्लो १२ घण्टाभित्र मात्रै पनि ९१ मिलिमिटर बर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान विभागले भनेको छ, ‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ ।’

यतिवेला मनसुन सक्रिय भएकाले धेरैजसो भुभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

बाढी सतर्कता केन्द्रले जारी गरेको सूचनामा ‘नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु भोलि (आइतबार) देखि सतर्कताका साथ गर्न हुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन अनुरोध छ ।’

आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ ।

त्यसैगरी कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा छ ।

प्रतिकृया दिनुहोस