पूर्वमन्त्री ढकाललाई ‘स्टाकहोम पिस अवार्ड’

Eknath dhaka sammanit

स्वीडेन । पूर्वमन्त्री एकनाथ ढकाल स्वीडेनको राजधानी स्टाकहोममा सम्मानित भएका छन् ।

ढकालले नेपाल तथा एशियाली मुलुकमा शान्ति, भाइचारा तथा सदभाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको सो पुरस्कार प्रदान गरिएको हो ।

थाईल्याण्डका बरिष्ट भिक्षु फ्रावितेस्पुन्यपोर्णको पहलमा तथा युरोपियन र एशियन विभिन्न संस्थाहरुको सहयोगमा स्थापित ‘स्टाकहोम पिस अवार्ड’ स्वीडेनको लागि थाई महामहिम राजदुत सककन्थोर्न चैयीन्दीपुमले पूर्वमन्त्री ढकाललाई प्रदान गरे ।

‘स्टाकहोम पिस अवार्ड’ समितिद्वारा स्टाकहोमस्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा आयोजित समारोहमा ढकालसहित विभिन्न देशका अन्य ९ जना सामाजिक अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।

सो सम्मान कार्यक्रममा पूर्वमन्त्री ढकालले गौतम बुद्ध र सगरमाथाको देश नेपालबाट विश्वको लागि शान्तिको सन्देश ल्याएको बताए । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका ढकालले वर्तमान विश्वका अनगिन्ति चुनैतिहरुको सामना गर्न एक्लै नसकिने भन्दै शान्तिका पक्षधरहरु एक हुनुपर्ने बताएका थिए ।

इन्टरनेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्षसमेत रहेका ढकाल अन्तर्राष्ट्रिय स्तरमा चर्चित थोरै नेपालीमध्ये एक हुन् ।

प्रतिकृया दिनुहोस