पत्नि लिएर प्रचण्ड आज फर्किँदै

Prachanda sita dahal

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।

पत्नी सीताको उपचार गराउन असार ३ मा प्रचण्ड सिंगापुर गएका थिए । पत्नि दाहालको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज नेपाल फर्किन लागेका हुन् ।

चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए । त्यसैको आधारमा सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए । कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको छ । यसअघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो ।

छोरा प्रकाशको निधनपछि सीताको स्वास्थ्यमा समस्या आएको थियो । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो ।

प्रतिकृया दिनुहोस