ग्राण्डीको छतमा सिम्रिकको हेलिकोप्टर दुर्घटना

Helicopter accident

काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अवतरणका क्रममा सिम्रिक एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

शनिबार दिउँसो चिकित्सक लिन आएको सिम्रिक एयरलाइन्सको हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको थियो । तर, कुनै मानवीय क्षति भने भएन ।

सिम्रिक एयरको ९एन एएलएमआर कलसाइनको हेलिकोप्टर अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा चिप्लिएर तल्लो छतमा पुगेको छ । यात्रु बिहिन हेलिकोप्टरका पाइलट सकुसल छन् । हेलिकोप्टरको पछाडिको भागमा सामान्य क्षति भएको छ ।

ग्राण्डीबाट चिकित्सकलाई लिएर चितवन जान हेलिकोप्टर विमानस्थलबाट अस्पताल पुगेको थियो ।

प्रतिकृया दिनुहोस