नागढुङ्गामा ३ केजी सुनसहित दुई प्रकाउ

3 kg sun

काठमाडौं । साँढे ३३केजी सुनको चर्चा चलिरहेका बेला शनिवार नागढुङ्गा नाकामा ३ केजी अवैध सुन बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गालले भारतीय मारूती सुजुकी अल्ट्रो युके ०२–४६८४ नम्बरको गाडीको एयरफिल्टरमा लुकाईछिपाई लादै गर्दा ३ केजी सुन बरामद गरेको हो ।

प्रहरीले ३ केजी सुनसँगै भारतीय नागरिक दीपककुमार मौर्य र कन्चनपुरका मनोज विकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट भारततर्फ सुन लाने क्रममा नागढुङ्गा प्रहरी प्रभागको प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले ३ केजी सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सो गाडी पटकपटक सुन तस्करी प्रयोग हुने गरेको प्रहरीको आशंका छ । भई भारत निकासी भइसकेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिकृया दिनुहोस