माइतीघरमा विवेकशील, जुम्लामा केसी ! के छ कनेक्सन ?

Ansan hodbaji kc bibekshil

काठमाडौं । शनिवार एकपटक काठमाडौं र जुम्लामा निषेधित क्षेत्रमा प्रदर्शन भयो ।

जुम्ला पुगेका डा. गोविन्द केसीले आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालयकै गेटमा धर्ना बसे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डा. केसीलाई २ सय मिटर वर नै सुरक्षाकर्मीले रोकेपछि प्रशासन अगाडि नै धर्नामा बसे ।

उनको माग थियो चिकित्सा शिक्षाको सुधार । जुन कुरा उनले काठमाडौंमा पनि उठाउँदै आएका थिए । आफ्नो १५ औं अनसन पुग्न उनी शुक्रबारै जुम्ला पुगेका थिए ।

उनले त्यहाँ पनि स्वास्थ्य क्षेत्रको परिषर अर्थात् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मै अनसन बस्न चाहेका थिए । तर जिल्ला प्रशाषनले निषेधाज्ञा जारी गरेपछि उनी अन्योलमा थिए । त्यही पनि समर्थकसहित अनसन बस्न प्रतिष्ठान जादै गर्दा प्रशासनले रोक्यो । केहीबेर तनाव पनि भयो ।

यता शनिबार नै काठमाडौंको माइतीघर मण्डलामा विवेकशील साझा पार्टीले अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै विरोध प्रदर्शनमा उत्रियो ।

विवेकशीलको माग भनेको माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रदर्शन गर्नबाट रोक लगाउनु हुन्न । त्यसैको विरोधमा विवेकशीलका एक संयोजक उज्ववल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एकैदिन किन ?
शनिबार डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बसने घोषणा गरे । त्यसैको तयारी स्वरुप उनी अनसन बस्न अस्पताल परिषरमा जादै गर्दा प्रहरीले बाटैमा रोक्यो ।

त्यही दिन अर्थान् आज शनिवार नै काठमाडौंमा विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा निषेधाज्ञा तोड्ने प्रयासमा थियो । तर, धर्नाकारी बस्ने स्थानमा प्रहरी बसिदिएपछि सडकमा बसेर पार्टीका कार्यकर्ताले सरकारविरुद्ध नारावाजी गरे ।

एकाथरी भन्छन् एकै दिन निषेधाज्ञा तोड्न खोज्नु सुनियोजित योजना हो । तर विवेकशीलका नेताहरु भने यो मान्न तयार छैनन् । विवेकशीलका एक नेता भन्छन्, ‘हाम्रो यो पहिलेकै योजना हो ।’

हुन त केसीको पनि पहिलेकै योजना हो । असार १३ मै डा. केसीले पत्रकार सम्मेलन गरेर जुम्लामा अनसन बस्ने जानकारी गराएका थिए । यसलाई धेरैले केसी र विवेकशीलको भित्री सल्लाहमा गरिएको भन्छन् । तर, यसको आधिकारिक पुष्टि भने छैन ।

बहसको अभाव
सरकारले उपत्यकाभित्र नारा जुलुस र धर्ना पाउने स्थान तोकिदिएको छ । तर, लामो समयदेखि डा. गोविन्द केसीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनसन बस्दै आएका छन् । अहिले फेरि अस्पताल मै अनसन बस्न जुम्ला पुगेका छन् ।

सरकारले ललितपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको समुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकेको छ । भक्तपुरमा भने प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ ।

यसअघि नै काठमाडौंको खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौरमा मात्रै विरोध गर्न पाउने स्थान तोकेको थियो ।

यसरी सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोकिदिनु जायज हो कि होइन ? यो विषयमा खासै बहस चलेको छैन । तथापि विवेकशीलका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिनाकारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुन्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो ।’

प्रतिकृया दिनुहोस