ललितपुरमा बस दुर्घटना, १ जनाको मृत्यु २२ घाइते

Accident  photo

काठमाडौं । ललितपुरको लगनखेलबाट कोन्जोसोम गाउँपालिका भारदेउ जाँदै गरेको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बा ४ ख ५३६५ नम्बरको बस भारदेउ ५ मा दुर्घटना हुँदा ४० वर्षीया लालुमाया गोलेको मृत्यु भएको हो ।

दुर्घटनामा आठ बालबालिकासहित २२ जना घाइते भएका छन् । ३५ जना सवार बसका अन्य सबै घाइतेको आनन्द वन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस