साझा यातायातले २४ नयाँ बस थप्ने

Sajha yatayat 1024x599

काठमाडौं । साझा यातायातले केही दिन भित्रै २४ वटा नयाँ बस थप्ने भएको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी थपिन लागेको २४ वटा नयाँ बस मध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको र तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्ने उनले बताए । बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रने पाण्डेयले जानकारी दिए ।
अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । ‘हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,’ उनले भने ।

प्रतिकृया दिनुहोस