पाइन्ट सुर्किदै नेताका खुट्टा हिलोमा ! (हेर्नुस् तस्विर)

Dhan 15

काठमाडौं । मानो रोपेर मुरी उब्जाउने असारको महिनामा किसानलाई भ्याइन नभ्याइ छ । त्यसै पनि आज शुक्रबार अर्थात् असार १५ हो । आजको दिनलाई धान दिवसको रुपमा मानिन्छ ।

असार १५ मा दही च्यूरा खाएर रमाइलो गर्ने चलन त पुरानै हो । धन दिवसको अवसर पारेर नेतादेखि सर्वसाधारण हिलोमा पसेर धान रोपे । हिलो खेलेर रमाइलो पनि गरे ।

सरकारले नै औपचारिक रुपमा धान दिवस मनाएकाले उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मले खेलमा पाइला टेके । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा. वावुराम भट्टराई लगायतका नेताहरुले १ वर्षपछि हिलोमा खट्टा राखे ।

कृषि मन्त्री चन्द्रदेव खनालले कपिलबस्तुको तिलौराकोटमा किसानसँग नाच्दै गाउँदै धान रोपे । कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको खरिपाटीमा धान रोपे । देउवाले पाइन्ट सुर्किँदै खेतको हिलोमा पसेर धान रोपेका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि काठमाडौँको बूढानिलकण्ठमा पुगेर युवाहरुको रोपाइँमा सहभागी भए । उनी पनि पाइन्ट सुर्किदै हिलोमा पसेर करिब १५ मिनेट धान रोपे ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले झापाको कमल गाउँपालिकामा सर्ट पाइन्टमा ठाँटिएर रोपाइँमा सहभागी भए ।

प्रतिकृया दिनुहोस