७९९६ जनाले पास गरे कोरिया भाषा

Koria vasa

काठमाडौं । सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षामा सहभागी ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । तीमध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाशित गर्न धेरै समय लगाउँदैन । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।

कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।

प्रतिकृया दिनुहोस