सोलुखुम्बु दुर्घटना ७ जनाकै सनाखत

Solu jip accident

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना परी मृत्यु भएका ७ जनाकै सनखत भएको छ ।

शुक्रबार बिहान ७ बजेतिर को १ झ १८६० नम्बरको जीप सोलुखुम्बुको दूधकुण्ड नगरपालिका –११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट खसेको थियो ।

सो दुर्घटनामा परी चालकसहित ६ जनाको मृत्यु भएको थियो । मुत्यु हुनेहरुमा उदयपुर सिरिसे –८ बस्ने २१ वर्षीय कुन्साङ तामाङ, खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्यामकुमार राई छन् ।

त्यसैगरी सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ का ३५ वर्षीया उर्मिला बास्तोला र २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको छ । सो दुर्घटनामा परी घाइते भएकी ८ वर्षीया बालिका सुष्मा खड्काको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस