सोलुखुम्बुमा जीप दुर्घटनामा बालिकाको पनि मृत्यु

Accident  photo

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना परी गम्भीर घइते भएकी बालिकाको पनि मृत्यु भएको छ ।

शुक्रबार बिहान ७ बजेतिर को १ झ १८६० नम्बरको जीप सोलुखुम्बुको दूधकुण्ड नगरपालिका –११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट खसेको थियो ।

सो दुर्घटनामा परी घाइते भएकी ८ वर्षीया बालिका सुष्मा खड्काको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस