रौतहटमा मारिएका भारतीय हतियार तस्कर

Dohoro faining rautahat

काठमाडौं । भारतबाट हतियार तस्करी गर्ने समुहका एक हतियार कारोवाही मारिएका छन् ।

हतियार कारोवार गर्ने समुहको खोजीमा रहेको प्रहरीले हतियार कारोवारमा संलग्न समुहलाई पक्राउ गर्न खोज्दा दोहोरो फाइरिङ भएको थियो । दोहोरो फाइरिङ हुँदा एक जना हतियार कारोवारी मारिएका हुन् । उनको पहिचान भएको छैन ।

रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारको बाटो हुँदै हतियार कारोवारी हड्निे सुचनाको आधारमा प्रहरी विहीबार रातीसो क्षेत्रमा गएको थियो । तर, करिब सवा १० बजे प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको थियो ।

घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो । प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले प्रहरीलाई नै घेरेका थिए । पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएपछि स्थानीय शान्त भएका थिए ।

घटनास्थलबाट १२ राउन्ड गोली सहितको एसएमजी बन्दुक भेटाएको छ । मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन । उनी भारतीय भएको आँकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस