सोलुखुम्बुको महादेव भीरबाट खस्यो जीप, ६ जनाको मृत्यु

Accident  photo

सोलुखुम्बु । सोलुखुम्बुको महादेव भीरबाट जीप खस्दा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये एक जनाको मात्रै पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको ना.१ ज १८६० नम्बरको जीप शुक्रबार बिहान करिब साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको थियो ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारका लागि सदरमुकाम सल्लेरी लगिदै छ । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । अझैं घटना स्थलमा प्रहरी पुग्न सकेको छैन ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस