उपत्यकाभित्र यी ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने

Maititi ghar mandala

काठमाडौं । काठमाडौंमा धेरै विरोध प्रदर्शन हुने ठाउँ हो, माइतीघर मण्डला । सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो बनेको थियो यो ठाउँ, तर सरकारले यहाँ विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

सरकारले काठमाडौंमा मात्रै होइन, ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ ।

यसअघि सरकारले काठमाडौंका ७ स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाउने भनेको थियो । अहिले फेरि ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँ मात्रै विरोध गर्ने ठाउँ तोकिएको छ ।

सरकारले ललितपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको समुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

भक्तपुरमा भने प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुनेछ ।

काठमाडौंमा यसअघि तोकिएको स्थानहरुमा खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकेको थियो ।

लतिलपुर र भक्तपुरमा आगामी साउन १ देखि लागू हसने विहीबकार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

प्रतिकृया दिनुहोस